+
+

३ महिनामै राष्ट्र बैंकले बजारमा पठायो १० खर्ब तरलता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १०:३५

१२ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासमा नै राष्ट्र करीब एक हजार ८ अर्ब रुपैयाँ हाराहारीमा बजारमा लगानी योग्य रकम  (तरलता) पठाएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरताको चाप परेपछि समस्या समाधानका लागि राष्ट्र बैंकले नियमित रुपमा विभिन्न उपकरणबाट तरलता पठाएको हो ।

बजारलाई चलायमान बनाइराख्न राष्ट्र बैंकले तरलता नियमति रुपमा पठाउने प्रवक्ता देवकुमार ढकाल बताउँछन् । बजारमा अधिक तरलता हुँदा राष्ट्र बैंकले खिच्ने गरेको छ भने अभाव हुँदा बजारमा पठाउने गरेको छ ।

साउनदेखि असोज महीनासम्म रिपोमार्फत् मात्रै एक खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरिएको राष्ट्र बैंकको अनुसन्धान विभागले जनाएको छ । यस अवधिमा राष्ट्र बैंकले स्थायी तरलता सुविधामार्फत् ८ खर्ब २२ अर्ब ६८ करोड गरी १० खर्ब ८ अर्ब १७ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकले बताएको छ ।

यति ठूलो रकम तरलता प्रवाह गर्दा राष्ट्र जम्मा ६० अर्ब रुपैयाँमात्र तरलता खिचेको छ । यस अवधिमा निक्षेप संकलन उपकरणमार्फत् ३१ अर्ब ६५ करोड रुपैयाँ र रिभर्स रिपोमार्फत् २८ अर्ब ३५ करोड रुपैयाँ गरी ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा पनि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत् ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।

अझै बजारमा तरलता समस्या समाधान भने भइसकेको छैन । बैंकहरुको निक्षेप संकलन घट्दा पनि ऋण लगानी गर्न छाडेका छैनन् । राष्ट्र बैंकका प्रवक्ता ढकाल बैंकहरू अल्पकालिन श्रोतमा भर पर्दा तरलता समस्या गहिरिएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?