+
+

विवादित सीमा क्षेत्रमा सुडान र इथियोपियाका सेनाबीच भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १४:०३

१२ मंसिर, काठमाडौं । सुडान र इथियोपियाका सेनाबीच विवादित सीमा क्षेत्रमा भिडन्त भएको छ ।

दुबै मुलुकको सीमाना जोडिएको अल फशाकामा इथियोपियाली सेनाको आक्रमणमा परी आफ्ना कैयौं सैनिक मारिएको सुडानी सेनाले बताएको छ ।

सुडानी सेनाले शनिबार जारी गरेको विज्ञप्तिमा आक्रमण विफल पारिएको र इथियोपियातर्फ समेत ठूलो मानवीय एवं भौतिक क्षति भएको उल्लेख छ ।

‘बालीनालीको सुरक्षाका लागि अल फशाकामा तैनाथ हाम्रो फौजमाथि किसानलाई धम्क्याउँदै बालीनाली नष्ट गर्न खोजेका इथियोपियाली सेना र मिलिसियाले आक्रमण गरेका थिए’, विज्ञप्तिमा भनिएको छ।

सेनाको विज्ञप्तिमा सुडानी सेनातर्फ ‘कैयौं मारिएको’ उल्लेख गरिए पनि ज्यान गुमाउनेको संख्या उल्लेख गरिएको छैन । तर रोइटर्स समाचार माध्यमले सैनिक स्रोतलाई उदृत गर्दै आक्रमणमा परी कम्तिमा ६ जना सुडानी सेना मारिएको जनाएको छ।

विवादित बन्दै आएको अल फशाका क्षेत्रमा लामो समयदेखि इथियोपियाका किसानले खेतीपाती गर्दै आएका छन् । तर सुडानले उक्त क्षेत्र आफ्नो भन्दै दाबी गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?