१३ मंसिर, चितवन । नेकपा एमाले केन्द्रीय कमिटीको खुलातर्फको महिला सदस्यमा ५३ जना निर्विरोध चयन भएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमा नपरेकी उषाकिरण तिम्सिना पनि निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले निर्वाचन आयोगका अनुसार खुलातर्फको महिलाको ५३ सिटका लागि ५४ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।
तर अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि अरु ५३ जना निर्वारोध भएका हुन् । पार्टीका नेताहरुसँग सल्लाह गरेर आफूले उम्मेदवारी फिर्ता लिएको गहतराजले अनलाइनखबरलाई बताइन् ।
सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत रहेकी गहतराज र तिम्सिना तत्कालिन माधवकुमार नेपाल समूहमा थिए । माधव नेपाल पक्षका नेताहरुसँग भएको १० बुँदे सहमतिपछि दुबैजना एमालेमा बसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4