+
+
WC Series
पोखरा एभेन्जर्स 2025
130/4 (15.6)
VS
२४ बलमा ३६ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

त्रिविका करार प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्छौं : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्ययालयका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १९:५५

१४ मंसिर, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्ययालयका करार प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताएका छन् । गत वर्ष त्रिवि नेतृत्व र आन्दोलनरत करार प्राध्यापकबीच आन्तरिक प्रतिस्पर्धा गराउन सहमति भएको थियो ।

त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा मंगलबार उनले भने, ‘प्रतिस्पर्धामा सफल हुन नसक्नेका लागि राहतको व्यवस्था गरी अवकाश दिने प्रक्रिया मिलाउँछु ।’

शैक्षिक वर्ष नबिथोलिने गरी विश्वविद्यालयले कार्य योजना बनाएर अगाडि बढ्न मन्त्री पौडेलले निर्देशन दिए ।

उच्च शिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ विश्वविद्यालयले ठोस योजनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको जनाउँदै अध्यनन अनुसन्धान तथा नियमित पठनपाठनमार्फत प्रवद्र्धन गरी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

उनले त्रिभुवन विश्वविद्यायले वर्षैपिच्छे बढ्दै गएको बेरुजु कम गर्दै गत एक वर्षमा रु ६ अर्बभन्दा बढी बेरुजु सम्परीक्षण गरेको उल्लेख गर्दै प्रशासनिक तथा सुशासनको मामलामा खरो उत्रेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?