+
+

रुपन्देहीमा भोलिदेखि जिल्ला लिग फुटबल हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १८:४१

१६ मंसिर, बुटवल । कोरोना महामारीका कारण स्थगित रुपन्देही जिल्लास्तरीय लिग फुटबल भोलिदेखि सञ्चालन हुने भएको छ । गत वर्ष वैखाख ७ गतेदेखि भएको खेलबाट छनोट भएका १० टीमबीच प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

रुपन्देही जिल्ला फुटबल संघले बिहीबार पत्रकार सम्मेलन गरी लिगका दोस्रो चरणका खेलहरु भोलिदेखि पुस १० गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो ।

बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीमा शुक्रबार दिउँसो २ बजे हुने उद्घाटन खेलमा झरना स्पोर्टस् क्लब र सुनौलो संगम युवा क्लबबीच प्रतिस्पर्धा हुने खेल संयोजक मुकेश कुँवरले जानकारी दिए । प्रतियोगिता अन्तर्गत प्रत्येक टिमले ९ वटा गरी कुल ४५ वटा खेल हुने कुँवरले बताए ।

प्रतियोगिताको विजेता टिमले १ लाख, उपविजेता टिमले ५० हजार, तेस्रो हुनेले ३० हजार तथा चौथो हुनेले २० हजार रुपैयाँ पाउने संघका सचिव शंकर मल्लाहले जानकारी दिए । प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट हुने ५ खेलाडीले ५ हजार रुर्पयाँका दरले पुरस्कार पाउनेछन् ।

प्रत्येक खेका म्यान अफ दि म्याचलाई समेत आकर्षक उपहारको व्यवस्था गरिएको कुँवरले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ८ लाख खर्च अनुमान गरिएको लिग सञ्चालनका लागि एन्फाले ५ लाख रुपैयाँ उपलब्ध गराएको लुम्बिनी प्रदेश फुटबल संघका महासचिव लोक पुनले जानकारी गराए ।

प्रतियोगितामा क्लबहरुले ए, बी वा सी डिभिजन खेलेका कुनै पनि खेलाडीलाई सहभागी गराउन पाउने छैनन् भने विभागीय टिमका खेलाडी पनि खेल्न नपाउने संघले जनाएको छ ।

प्रतियोगितामा जिल्लाका झरना स्पोर्टस्, सुनौलो संगम, चाँदनी युवा क्लब, बुटवल युनाइटेड, फर्साटिकर युवा क्लब, लिस्नु युवा क्लब, गोर्खा ब्वाइज युवा क्लब, भूपू सैनिक स्पोर्टस् क्लब, सौभाग्य युवा क्लब र डीएमसीबीच प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment