+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

माओवादी केन्द्रका १२ युवाले पाए पार्टी केन्द्रीय प्रतिनिधिको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते ८:३०

१७ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र ) को स्थायी समितिको बैठकबाट ९ जना पूर्वविद्यार्थी नेतासहित १२ जनाले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएका छन्।माओवादी केन्द्रमा केन्द्रीय प्रतिनिधिले पार्टी केन्द्रीय समितिको बैठकमा भाग लिएर केन्द्रीय भूमिका निर्बाह गर्न पाउँछन्।

बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले १२ युवाहरूलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराका अनुसार केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाउनेमा अखिल (क्रान्तिकारी)का पूर्वनेताहरू रत्न ढकाल,  नरेन्द्र न्यौपाने, सन्तोष बिष्ट , रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम र उत्तम अधिकारी छन् ।

उनीहरूमध्ये ढकाल, न्यौपाने, विष्ट र तामाङ क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् भने बस्नेत, भण्डारी, देवकोटा र गौतम पूर्व उपाध्यक्ष हुन्। अर्का नेता अधिकारी पूर्वमहासचिव हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रमा २० प्रतिशत युवा भित्र्याउने नीति  अनुसार उनीहरूलाई पार्टी केन्द्रमा लाने घोषणा गत असोजमै गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले केन्द्रीय प्रतिनिधिमा लगिएका अन्य तीन जना नेतामा नुवाकोटका श्रीकृष्ण अधिकारी , जाजरकोटका गगन खड्का र रुकुम पश्चिमका पारसमणि रहेको जानकारी दिए  । यसअघि माओवादी केन्द्रको पार्टी जिल्ला इन्चार्ज रहेका तर केन्द्रीय समितिमा नरहेका नेताहरूलाई पनि पार्टी केन्द्रीय प्रतिनिधिमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?