+
+

अफगान ट्रकलाई भारतीय गहुँ ओसार्न दिने पाकिस्तानको निर्णय स्वागतयोग्य : तालिबान

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १३:२३

१९ मंसिर, काठमाडौं । अफगानिस्तानमा ट्रकमार्फत् भारतीय गहुँ र अत्यावश्यक औषधि ढुवानी गर्न दिने पाकिस्तानको निर्णयलाई तालिबानले स्वागत गरेको छ।

पाकिस्तानको विदेशमन्त्रालयले पञ्जाबको वागा हुँदै अफगानिस्तानको नाङ्गाहरसँग जोडिएको खैबर पाख्नुख्वासम्म भारतीय गहुँ र अत्यावश्यक औषधि बोकेका ट्रकलाई आफ्नो भूमि प्रयोग गर्न दिने निर्णय गरेको थियो । ‘मानवीय प्रयोजनको विशेष आधार’मा पाकिस्तानले उक्त निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार पाकिस्तानको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अफगान ट्रकलाई आफ्नो भूमि प्रयोग गरी भारतीय गहुँ र अत्यावश्यक औषधि ढुवानी गर्न दिने जनाएको थियो । तर गहुँ र अत्यावश्यक औषधिबाहेक अन्य वस्तु ढुवानीको अनुमति नदिने पाकिस्तानले प्रस्ट पारेको छ ।

पाकिस्तानको पछिल्लो निर्णयलाई तालिबानले स्वागत गरेको डन डटकमले जनाएको हो । भारतले २ महिनाअघि स्थल मार्गबाट अफगानिस्तानमा सहायता पुर्‍याउने कार्यमा सघाउन पाकिस्तानलाई अनुरोध गरेको थियो ।

तालिबान सत्तामा आएपछि अफगानिस्तानमा आर्थिक संकट देखा परिरहेको छ। मानिसहरू भोकमरीको जोखिमा पर्न थालेको बेला भारतबाट ५० हजार मेट्रिक टन गहुँ र अत्यावश्यक औषधिको ढुवान हुने भएपछि युद्धबाट क्षतविक्षत बनेको अफगानिस्तानलाई केही राहत मिलेको छ । डनडटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?