+
+

पहिलो जितपछि आर्मीका प्रशिक्षक न्यौपाने भन्छन्- उपाधि होडमा फर्कियौँ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते ७:३३

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत यस सिजन पहिलो जित हात पारेपछि त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नवीन न्यौपानेले उपाधि होडमा फर्किएको बताएका छन् ।

लिग अन्तर्गत आइतबार भएको एक मात्र खेलमा कप्तान भरत खवासको गोलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पराजित गर्दै पहिलो जित हात पारेको हो । यसअघि आर्मीले नेपाल पुलिस र मछिन्द्र क्लबसँग बराबरी खेलेको थियो ।

तीन खेलबाट पाँच अंक जोडेको आर्मी अपराजित यात्रा कायम राख्दै अंकतालिकामा चौथो स्थानमा उक्लेको छ ।

‘आजको खेलमा हामीलाई तीन अंक महत्वपूर्ण थियो अघि बढ्नका लागि । यो जितले अब हामी टाइटल रेसमा अघि बढे जस्तो लागेको छ’ खेलपछि प्रशिक्षक न्यौपानेले पोष्ट म्याच कन्फ्रेन्समा भने, ‘आजको जितपछि हामी टप फोरमा आयौँ र अरु माथिका टिमलाई पनि यसले दबाब बनाउनेछ ।’

‘यो तीन अंक महत्वपूर्ण थियो र यसले हामीले फड्को मार्‍यौँ । केटाहरूलाई मोटिभेट भाछ । म खुशी छु प्रदर्शनबाट । अवसर यसरी नै आउने हो,’ उनले थपे ।

उनले फरवार्डले गोल गर्नु अर्को राम्रो संकेत रहेको बताए । ‘आज गोलका लागि अवसरहरू पनि बने जुन राम्रो हो । अर्को राम्रो कुरा भनेको भरतले गोल गरे,’ उनले भने ।

न्यौपानेले हरेक खेलमा खेलाडी सब्सिच्युट गरेपछि आर्मीले राम्रो खेलिरहेको आज पाएको अवसरमा गोल भएको बताए ।

उता ब्रिगेडका प्रशिक्षक सनोज श्रेष्ठले ५०-५० को गेममा सानो गल्तीले गोल खानुपरेको बताए ।

‘खेलमा खेलाडीले कडा मिहिनेत गरेका थिए । म्याच ५०-५० थियो । लाइन्समेन हेरेर खेलाडीहरू कन्फ्युज हुँदा गोल खायो,’ श्रेष्ठले भने, ‘आर्मी जस्तो बलियो टिमसँग १ अंकका लिने टार्गेट थियो । तर ब्याडलक भयो । आर्मी राम्रै टिममा गनिन्छ र हामीले आर्मीलाई कठा टक्कर दियौँ । डिफेन्सको मिस्टेकले गोल भयो र हारियो ।’

ब्रिगेडको भने यस सिजन यो पहिलो हार हो । यसअघि एपीएफलाई पराजित गरेको ब्रिगेडले एनआरटीसँग बराबरी खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?