+
+

३७ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि सुस्तायो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १५:२८

२१ मंसिर, काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक पुनः घटेको छ । आइतबार ७२ अंकले घटेको परिसूचक सोमबार तीव्र उतारचढाव पछि ३२ अंकले बढेको थियो । मंगलबार भने ३७ दशमलव १८ अंकले घटेर २ हजार ५ सय ८ दशमलव ९० अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ८६ अंकले घटेको छ । नेप्से परिसूचकसँगै शेयर कारोबार रकममा पनि सुस्तता आएको छ । सोमबार साढे चार अर्ब माथिको शेयर कारोबार भएकोमा मंगलबार ३ अर्ब १२ करोडमा रोकिएको छ ।

दिनभर भएका ४९ हजार ७४१ कारोबारबाट २३१ कम्पनीका ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट शेयर कारोबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँमा रोकिएको छ ।

मंगलबार बजार शुरु भएको केहीबेर नेप्से परिसूचक बढेको थियो । कारोबार शुरु भएको पहिलो घण्टासम्म सकारात्मक नै रहेको नेप्से परिसूचक त्यसपछि भने घट्ने क्रम शुरु भयो । अन्ततः बजार बन्द हुँदा ३७ अंकले घट्यो ।

समग्रमा बजार घटे पनि व्यापार समूहमा रहेका कम्पनीहरुको शेयर मूल्य बढेको छ । केही कम्पनीहरुको राम्रो मूल्य बढ्दा यो समूहको सबइन्डेक्स २१ दशमलव ५३ अंकले बढेको छ ।

म्युचुअल फण्ड पनि झिनो अंकले बढेको छ भने बाँकी सबै समूहमा रहेका अधिकांश कम्पनीहरुको शेयर मूल्य घटेको छ । धेरै गुमाउनेमा मंगलबार फाइनान्स र विकास बैंकका शेयरधनीहरु देखिएका छन् । फाइनान्स समूह ४ दशमलव ८६ प्रतिशतले घट्दा विकास बैंक पनि करिब ३ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?