+
+

नाडाको चुनावबारे अग्रवाल भन्छन्- देश दौडाहपछि थप उत्साहित छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १३:५२

२१ मंसिर, काठमाडौं । जगदम्बा मोटर्सका उपाध्यक्ष तथा निर्देशक दीपक अग्रवाल नाडा अटोमोबिल्स एसोसियन अफ नेपालको कार्यसमिति सदस्यमा उम्मेदवार छन् । यही मंसिर २२ र २३ गते हुने नाडाको साधारणसभा तथा निर्वाचनमा उनी ध्रुव थापाको प्यानलबाट सदस्यका प्रत्यासी बनेका हुन् ।

अटोमोबिलको क्षेत्रमा करिब १५ वर्षको प्रत्यक्षसहित २५ वर्षको व्यवसायिक अनुभव बटुलेका अग्रवाल आफ्नो समूह देश दौडाहपछि थप उत्साहित ऊर्जाशील बनेको सुनाउँछन् । नाडामा ध्रुव थापा र करण चौधरीका दुई प्यानल भिड्दै छन् । अग्रवाल थापाको टिमका बलिया प्रत्यासी हुन् ।

‘गर्नुपर्ने काम धेरै छन्, तर देशव्यापी रुपमा दाडमा निस्कँदा हामी थप उत्साहित भएका छौं,’ अग्रवाल भन्छन्,’अब दबिएका आवाजहरु निस्किने आशामा छन्, अब आफ्ना अधिकार लिन पाउनेमा हाम्रा मतदाता साथिहरू आशावादी हुनुभएको  ।’

उनी आफू सहभागी थापाको प्यानललाई ‘कम्प्लिट टिम’ भन्छन् । ‘यो समावेशी टिम हो, म त्यसको सदस्य बन्न पाउँदा गर्व गर्छु,’ उनी भन्छन्,’यो टिमलाई प्यानलका रुपमा पाउँदा समग्र अटोमोबिल क्षेत्र नै उत्साहित छ ।’

अग्रवालका अनुसार सबै वर्ग, क्षेत्रलाई समेटेर आफूहरुको समूह बनेको भन्दै उनले नेतृत्वको अवसर पाए यो टिमले नाडाको उचाइलाई थप माथि लैजाने बताए ।

‘वर्कसप, शोरुम, रिकन्डिकस शोरुम, पार्ट्स विक्रेता, हेभी इक्विपमेन्टदेखि सवारीका आधिकारिक विक्रेता र घरानाहरुसम्म समेटेर टिम बनेको छ,’ उनी भन्छन्,’ देशभरबाट प्रतिनिधित्व गराउने गरी भएका यो समीकरणबाट धेरै साथीहरु उत्साहित हुनुहुन्छ ।’

पहुँचबाहिर रहेकालाई पनि अव अवसर प्राप्त हुने आशा जगाउन सफल भएको उनी बताउँछन् । अटोमोबाइल्स क्षेत्रमा सेवारत अधिकांशले आफ्नो समूहको एजेन्डाहरुलाई समर्थन गरेको अग्रवाल बताउँछन् ।

‘हाम सबैका कुरा सन्ने, एजेन्डाहरुमा सहकार्य समन्वय गर्ने काममा प्रतिवद्ध छौं,’ उनी भन्छन्,’अटोमोबाइल्स क्षत्रेको विकासका लागि डेटा सेन्टर खोल्ने, विकेन्द्रीकरढण जोड दिने, प्रविधि र तालिमलाई फैल्याउने, पूर्वाधारको विकासका लागि सहकार्य र पहल गर्ने, सडक सुरक्षाको मुद्दालाई महत्वका साथ अघि बढाउने, सार्वजनिक सवारीको वृहत्तर विकासका लागि वातावरण बनाउने लगायतका एजेन्डामा दृढ छौं ।’

थापाको टिमभित्र युवा तथा अनुभव र आवश्यक पर्दा जस्तोसुकै त्याग गर्न तयार व्यक्तिहरुको समिश्रण रहेकाले नाडाको नेतृत्वका लागि आफूहरु बलियो दावेदार बनेको अग्रवाल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?