+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

शान्ति प्रक्रिया टुंग्याउन दलीय सहमति आवश्यक : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकार हननका घटना न्यूनीकरण हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते २०:०४

२२ मंसिर, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकार हननका घटना न्यूनीकरण हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।

१३औं मानव अधिकार राष्ट्रिय महाभेला उदघाटन कार्यक्रममा उपराष्ट्रपति पुनले बलात्कार, हत्याजस्ता मानव अधिकार विरुद्घ हुने घटना न्यूनीकरण हुन नसकेको बताएका हुन् ।

उनले शैक्षिक, भाषिक, धार्मिक, रोजगारी र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार विना सभ्य समाज परिकल्पना गर्न नसकिने बताए । ‘मानव अधिकारको पूर्ण पालनाबिना हामीले परिकल्पना गरेको सभ्य तथा सुसंस्कृत समाजको निर्माण सम्भव छैन’ उपराष्ट्रपति पुनले भने ।

उनले शान्ति प्रक्रियाको विषय नेपालको प्रतिष्ठासँग जोडिएकाले यसलाई टुंग्याउन सबै राजनीतिक दलहरुबीच सहमति हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शान्ति प्रक्रिया अहिले नै टुंगो नलगाए जटिल समस्या आउन सक्ने बताए ।

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सबै राजनीतिक दलबीच सहमति र सहकार्य आवश्यक पर्ने बताए ।

पूर्वसभामुख दमननाथ ढुंगानाले शान्ति प्रक्रियाको विषय टुंगो नलाग्दा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धुमिल भएको बताए । शान्ति प्रकृया टुंगो नलाग्दा युद्घ पीडितहरुले अझै पनि आफ्नो हक स्थापित गर्न नसकेको उनको भनाइ छ ।

सम्मान र पुरस्कार

१३ औं मानव अधिकार राष्ट्रिय महाभेलाका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ ।

मानव अधिकार राष्ट्रिय महाभेला कदर सम्मान २०७८ बाट कृष्णप्रसाद भण्डारी, पद्मरत्न तुलाधर राष्ट्रिय मानव अधिकार तथा शान्ति पुरस्कार २०७८ बाट डा. रेणु अधिकारी, शान्तालक्ष्मी महिला मानव अधिकार पुरस्कार २०७८ बाट मुस्कान खातुन सम्मानित भएका छन् ।

त्यस्तै गत वर्षको मानव अधिकार राष्ट्रिय महाभेला कदर सम्मान भद्रमान घले, पद्मरत्न तुलाधर राष्ट्रिय मानव अधिकार तथा शान्ति पुरस्कार दमननाथ ढुंगाना र शान्तालक्ष्मी महिला मानव अधिकार पुरस्कार सपना रोका मगरलाई प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?