+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमाले केन्द्रीय कमिटीमा ४४ जना मनोनयन प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १९:१७

२६ मंसिर, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा ४४ जना सदस्यमा मनोनयनको प्रस्ताव गरेको छ ।

शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले ४४ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन् । जसमा दल फडेरा, मानवीर राई, ऐन महर, चद्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई, दुर्गा प्रसाईं रहेका छन् ।

त्यस्तै उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी, लालबाबु पण्डित, चुडादेव सिंह लामा, विषमलाल अधिकारी, रेशम लामा, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विश्वकर्मालाई पनि केन्द्रीय सदस्यमा मनोनीत गर्ने ओलीको प्रस्ताव छ ।

यसैगरी इन्दिरा गौतम, सरस्वती चौधरी, युमना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मणी राणा, सविता थादव, तारादेवी गुरुङ पनि मनोनीत गर्ने प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?