+
+

सेन्ट्रल जोन भलिबल : महिला टीमलाई साख जोगाउने चुनौती

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ मंसिर २७ गते १७:०७

२७ मंसिर, काठमाडौं । कोरोना महामारीका कारण दुई वर्षसम्म अन्तर्राष्ट्रिय खेल खेल्न नपाएको नेपाली राष्ट्रिय भलिबल टीमले बंगलादेशमा डिसेम्बर २१ देखि २९ गतेसम्म हुने एसियन सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेल्दैछ ।

नेपालको महिला र पुरुष टीमले सन् २०१९ डिसेम्बरमा घरेलु कोर्टमा १३ औं दक्षिण एसियाली खेलकुद ९साग० खेलेयता अन्तर्राष्ट्रिय खेल खेल्न पाएको छैन । संयोगवश यस पटक महिला र पुरुषको सेन्ट्रल जोन भलिबल प्रतियोगिता सँगै हुँदैछ ।

यसअघि पुरुष सेन्ट्रल जोन २०१९ अगष्टमा नेपालमै भएको थियो, जसमा नेपाल पाँचौं भएको थियो ।

महिला टीमको सेन्ट्रल जोन भलिबलको पहिलो संस्करण सन् २०१९ सेप्टेम्बरमा बंगलादेशमा भएको थियो । जहाँ नेपाल अपराजित रहँदै च्याम्पियन बनेको थियो । दुई वर्षपछि अन्तर्राष्ट्रिय भलिबल खेल्दा नेपालको लक्ष्य पदक जित्ने नै छ । तर चुनौती पनि उत्तिकै छ । महिला टिमलाई च्याम्पियन साख कायम राख्दै फेरि उपाधि जित्ने चुनौती छ ।

महिला टीमले जगदिश भट्टको प्रशिक्षणमा एक महिना तयारी गरेको छ । अन्तिम टोली घोषणा गरिसकेको नेपाल अब एक साता प्रशिक्षणपछि बंगलादेश जानेछ ।

उपाधि लक्ष्य

सेन्ट्रल जोनको पहिलो संस्करणमा नेपालले च्याम्पियन बन्दा कुनै सेट गुमाएको थिएन । यस पटक प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका माल्दिभ्स उज्वेकिस्तान, कीर्गिस्तानले प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये श्रीलंका र उज्वेकिस्तान नयाँ हुन् ।

श्रीलंकालाई नेपालले १३ औं सागमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग अहिलेसम्म खेलेको छैन । ‘दुई वर्ष अन्तर्राष्ट्रिय गेम नभएको र हामीसंग खेल्ने अरु देशको पनि उस्तै अवस्था रहेको र ट्रेनिङ पनि नभएको हुनाले हामी अझै नेपाललाई गोल्ड मेडल दिलाउन सकिन्छ कि भनेर लागि परेका छौँ’ प्रशिक्षक भट्टले भने ।

उनले सेन्ट्रल जोन प्रतियोगिता हुने जानकारी पाएपछि नै प्रशिक्षण शुरु गरेको र त्यसमा राम्रो भइरहेको बताए । कोरोना महामारीले अन्तर्राष्ट्रिय खेल खेल्न नपाएपनि आन्तरिक खेलहरुले गर्दा अहिले टिम राम्रो भएको उनको बुझाइ छ । ‘शुरुमा खेलाडीको फिटनेसमा अलि समस्या थियो अहिले रिकभर भएको छ । हामी पहिला सेन्ट्रल जोन र १३ औं साग खेलेको टीम भन्दा अझ माथि छ कि जस्तो अनुभव भएको छु’ प्रशिक्षक भट्टले भने ।

कप्तान अरुणा शाहीले पनि यसपटक नेपालको मुख्य लक्ष्य उपाधि रक्षा गर्नु नै रहेको बताइन् । ‘हामीले लगभग एक महिना तयारी गर्‍यौँ । ट्रेनिङमा इम्प्रुभ पनि भइरहेको छ । नयाँ बहिनीहरु पनि आएका छन् । हाम्रो लक्ष्य उपाधि नै हो र त्यसका लागि टिम तयार पनि छ ।’

प्रशिक्षक भट्टले यस पटक टिमको सबै क्षेत्रमा सुधार रहेको बताए । ‘ब्लक पहिले भन्दा राम्रो भएको छ । सर्भिसलाई ध्यान दिएका छौं । सरसर्ती हेर्दा पहिला भन्दा सबै राम्रो छु’उनले भने ।

भट्टले भलिबलका ५ टेक्निकमध्ये ब्लक, सर्भिस र स्पाइक अंक जोड्ने मुख्य उपाय भएको बताए । ‘त्यो ३ मा हाम्रो २ वटा हरेक समय बलियो हुनैपर्छ । एउटा कमजोर भएपनि फरक पर्दैन । त्यसले गर्दा हामीले कहाँनेर बलियो पक्ष छ कहाँनेर कमजोर पक्ष छु भट्टले भने, ‘कुन रोटेसनमा ब्लक कमजोर छ र स्पाइक कमजोर छ टिममा हेरेर कम्बिनेसन मिलाउनुपर्छ । यही पहिलो सेट हारेपनि सेकेण्ड सेटमा हाम्रो रोटेसन र फर्मेनस चेन्ज गर्न सक्छौँ।’

कप्तान अरुणाले पनि सर्भिस र रिसिभ बलियो बनाएर विपक्षी स्पाइकरलाई रोक्न सके खेल जित्न सहज हुने बताइन् । उनले स्पाइकसहित सर्भिस, रिसिभ र ब्लकमा सुधार भएको बताइन् ।

नयाँ खेलाडी

यस पटक टिममा नयाँ र पुराना दुबैथरि खेलाडी समावेश छन् । पछिल्लो पटक सेन्ट्रल जोन खेलेको टिममा ६ जना परिवर्तन भएका छन् । लक्ष्मी चन्द, कामना विष्ट र शान्ति थारुले पहिलो पटक राष्ट्रिय टीममा स्थान बनाएका छन् भने कृपा अधिकारी र मनिषा चौधरीले कमब्याक गरेका छन् ।

भारतमा भएको १२ औं साग खेलेका कृपा र मनिषा पुरानै खेलाडी हुन् । टीममा उनीहरुको कमब्याक भएको हो । ‘बाँकी ३ खेलाडी ५(७ वर्ष घरेलु प्रतियोगितामा राम्रो खेलेर आफूलाई स्ट्याब्लिस गरेको खेलाडी हुन्’ प्रशिक्षक भट्टले भने ।

यस्तै १३ औं सागमा डेब्यू गरेकी उषा भण्डारीको पनि यो पहिलो सेन्ट्रल जोन प्रतियोगिता हो । कप्तान अरुणासंगै सरस्वती चौधरी, प्रतिभा माली, सुनीता खड्का, सफिया पुन र सलिना श्रेष्ठले पहिलो संस्करणको सेन्ट्रल जोन भलिबल पनि खेलेका थिए ।

नयाँ खेलाडी आउनुले भलिबलमा सुधार भइरहेको संकेत गरेको प्रशिक्षक भट्ट बताउँछन् ।’यिनीहरुले आन्तरिक म्याच धेरै खेलेका छन् । कन्फिडेन्स लेभल धेरै माथि छु’ उनले नयाँ खेलाडीबारे भने ।

कप्तान अरुणाले पनि नयाँ खेलाडी टिममा पर्नु उनीहरुको लागि अवसर रहेको बताइन् । ‘सबै खेलाडी योङ र इनर्जेटिक छन् । टिम कम्बिनेसन पनि राम्रो छ ।’

कोरोना महामारीले गर्दा देशबाहिर प्रशिक्षण गरन् नपाए पनि उपलब्ध स्रोत र साधनको उपयोगबाट राम्रो तयारी गरेको बताइन् ।

नेपाली टिम :

अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?