
१ पुस, धनगढी । धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस ३ गतेदेखि ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा ७ वटै प्रदेश र नेपाल एपीएफ क्लब गरेर ८ वटा टीमले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा पहिलो हुने टीमले पाँच लाख, दोस्रो हुनेले तीन लाख रुपैयाँ पाउनेछन् ।
प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई नगद दुई हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ, उत्कृष्ट बलरलाई १५ हजार रुपैयाँ र उत्कृष्ट ब्याटिङ गर्ने एक जना खेलाडीलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताका लागि संघीय सरकारले नेपाल क्रिकेट संघलाई २२ लाख रुपैयाँ दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4