७ पुस, काठमाडौं । घरेलु टोली बंगलादेशले साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि बुधबार जितेको छ । ढाकामा फाइनलमा भारतलाई १-० ले पराजित गर्दै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।
यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करणमा नेपाललाई हराएर बंगलादेशले उपाधि जितेको थियो ।
बंगलादेशलाई उपाधि दिलाउन एनी मोगिनीले खेलको ८०औं मिनेटमा निर्णायक गोल गरिन् ।
राउण्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा बंगलादेश र भारत शीर्ष दुई स्थानमा रहेर फाइनलमा पुगेको थियो ।
पाँच राष्ट्र सहभागि प्रतियोगितामा नेपाल भने समूहमा तेस्रो हुँदै फाइनल पुग्न असफल भएको थियो ।
प्रतिक्रिया 4