
काठमाडौं । ह्वावेले यस वर्षको ‘सीड्स फर द फ्युचर’ ग्लोबल फ्ल्यागसिप सीएसआर कार्यक्रम सम्पन्न गरेको छ । स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रमको आयोजना गरेको हो ।
नेपालमा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा आईसीटीका ९, विश्वविद्यालयका ८ र शैक्षिक संस्थाका १३ गरी कुल १९ जना विद्यार्थीले भाग लिएका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कार्यक्रममा सहभागी विद्यार्थीहर्लाई प्रमाणपत्र प्रदान गरेका थिए । मन्त्री पौडेलले नेपालको आईसीटी क्षेत्रमा रहेका विद्यार्थीको क्षमता अभिवद्धिमा ह्वावेले गरेको कामका लागि धन्यवाद दिए ।
कार्यक्रममा नेपालका लागि चीनका राजदूत होउ यान्छीले कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरूले विज्ञान र प्रविधिमा अग्रगामी बन्ने र चीन-नेपालबीच पुलको काम गर्ने आशा व्यक्त गरिन् ।
कार्यक्रममा ह्वावेका प्रमुख कार्यकारी अधिकृत विलियम झांगले फाइनलिस्टहरुलाई बधाई दिएका थिए ।
स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरी आवेदन माग भएकोमा सीड्सनेपाल डटकममार्फत नेपालभरबाट १३६ आवेदनहरू परेको कम्पनीले जनाएको छ । आवेदन परेकामध्येबाट सीड्स फर द फ्युचर समितिले काठमाडौं उपत्यका बाहिरका ४ जनासहित १९ स्नातक विद्यार्थीहरूलाई छनोट गरेको थियो ।
कम्पनीका अनुसार छनोट भएका विद्यार्थीहरूलाई ८ दिने अनलाइन तालिममा सहभागी गराइएको थियो भने टेक४गुड प्रोजेक्टमा सहभागी गराइएको थियो । साथै घान्द्रुकमा ह्वावेद्वारा निर्मित ४जी बेस स्टेशनको भ्रमण गराउनुका साथै र डिसहोम तथा एनसेलका उद्योग विशेषज्ञहरू सहभागी कार्यक्रममा समेत सहभागी गराइएको थियो ।
छनोटमा परेका विद्यार्थीहरूले टेक४गुड विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने कम्पनीको भनाइ छ । जहाँ उनीहरूले सामाजिक तथा वातावरणीय समस्याहरू समाधान गर्न प्रविधिको फाइदा उठाउन र २० हजार डलरसम्मको पुरस्कार जित्न सक्नेछन् । सीड्स फर द फ्युचर पहिलो पटक थाइल्याण्डमा २००८ मा शुरु भएको थियो । त्यसयता १३० देश र क्षेत्रका ९ हजारभन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइ सकेका छन् ।
प्रतिक्रिया 4