काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल हेर्न महानायक राजेश हमाल दशरथ रंगशाला पुगेका छन् । शनिबार लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेल हेर्न हमाल रंगशाला पुगेका हु्न् ।
पहिलो हाफअघि नै रंगशाला पुगेका हमालले खेलपछि म्यान अफ दि म्याच मछिन्द्र क्लबका सुनिल बललाई म्यान अफ दि म्याच अवार्ड प्रदान गरे । खेल सकिएपछि मछिन्द्रका खेलाडीसँग हमालले सामूहिक फोटो खिचाएका थिए ।
रंगशाला पुगेर हमालले पहिलेदेखि नै आफूलाई खेल हेर्न आउन मन लागेको भन्दै बुटबलबाट काठमाडौं आएपछि सिधै रंगशाला आएको बताएका थिए ।
शनिबारको खेलमा मनाङ मर्स्याङ्दी क्लबविरुद्ध मच्छिन्द्र क्लबले एक गोलले जित हासिल गरेको छ । शनिबारको सो खेल हेर्न १० हजार दर्शक उपस्थित भएको एन्फाले जनाएको छ ।
प्रतिक्रिया 4