+
+

रुपन्देहीमा ५७ करोड लगानीमा होटल सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १६:३२

१५ पुस, बुटवल । रुपन्देहीको तिलोत्तमा ५७ करोड लगानीमा द एस आर होटल एन्ड इभेन्टस् प्रालि सञ्चालनमा आएको छ ।

आफ्नै स्वामित्वको १२ कठ्ठा जग्गामा ६ जनाको सामूहिक लगानीमा सुविधासम्पन्न ३२ कोठासहितको होटल सञ्चालनमा आएको हो ।

भूकम्प प्रतिरोधी ६ तले भवनको होटलमा ५०० जना क्षमताको जल्सा बहुउद्देश्यीय हल, ग्राउन्ड फ्लोरमा जम्बालय फाइन डाइनिङ रेस्टुरेन्ट लगायतका सुविधा रहेका अध्यक्ष होमकान्त बस्यालले बताए ।

‘सम्भव छ आफ्नै भूमिमा, अथिति देवो भव’ नारासहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर सञ्चालनमा ल्याइएको होटलमा ५ वर्ष भित्र कोठाको संख्या १०० वटा पुर्‍याउने तथा १० वर्षभित्र ७ वटै प्रदेशका राजधानीमा शाखा विस्तार गर्ने लक्ष्य रहेको सञ्चालक टेकनाथ बस्यालले बताए।

 

पर्याप्त पार्किङ रहेको होटलको छैठौं तल्लामा ओपन रुफटप रेस्टुरेन्ट रहेको र त्यहाँबाट लुम्बिनी र भारतको नौतनवासम्म अवलोकन गर्न सकिने सञ्चालक बस्यालले बताए । ४५ जनालाई प्रत्यक्ष रोजगारी दिएको होटलले छिटै स्विमिङपुल, जिम, स्पा सेवालाई शुरु गर्ने अर्का सञ्चालक केशव भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?