+
+

आर्मी र एपीएफ बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १५:२८

१६ पुस, काठमाडौं। शहीद स्मारक ए’ डिभिजन लिग फुटबलअन्तर्गत सातौं चरणको पहिलो खेलमा विभागीय डर्बी त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफ र आर्मीले १-१ को बराबरीमा रोकिएका हुन् । आज सम्पन्न खेलको ६३औं मिनेटमा आर्मीका लागि जर्जप्रिन्स कार्कीले गोल गर्दै अग्रता लिएको थियो । खेलको ६६‍औं मिनेटमा एपिएफका विक्की तामाङले गोल गर्दै बराबरी बनाए । त्यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा खेल बराबरीमा रोकिएको हो ।

७ खेलसम्म अपराजित रहे पनि २ जित र ५ बराबरीबाट ११ अंक जोडेको आर्मी अंक तालिकामा तेस्रो स्थानमा यथावत छ । एपीएफ ७ खेलबाट ६ अंकसहित ११औं स्थानमा छ ।

आज पौने ५ बजे सुरु हुने अर्को खेलमा फ्रेण्ड्स क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी ६ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा छ । उता जारी लिगको एक मात्र जितविहीन टिम फ्रेण्ड्स भने जम्मा ३ अंक जोडेर पुछारमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?