
काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रूपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बैंकले सातवटै प्रदेशका शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । देशभर ४१६ रक्तदाताहरूबाट १८७ लिटर रगत संकलन भएको बैंकले जनाएको छ ।
बैंकका अनुसार मोरङको तीनपैनी, सिरहाको लाहान, काठमाडौंको कान्तिपथ, कास्कीको पोखरास्थित न्यूरोड शाखा, रुपन्देहीको बुटवलस्थित मिलनचोक, सुर्खेतको विरेन्द्रचोक र धनगढीको चटकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4