+

एन्फा अध्यक्षलाई गणेश थापाको पत्र : कार्यकारिणी समितिमा धारणा राख्न पाऊँ

२०७८ पुष  २० गते १७:१३ २०७८ पुष २० गते १७:१३
एन्फा अध्यक्षलाई गणेश थापाको पत्र : कार्यकारिणी समितिमा धारणा राख्न पाऊँ

२० पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले एन्फाको कार्यकारिणी समितिको बैठकमा आफ्नो धारणा राख्न दिन माग गरेका छन् ।

थापाले एन्फा अध्यक्ष अध्यक्ष कर्माछिरिङ शेर्पालाई मंगलबार पत्र लेखेर पुस २२ गते बोलाइएको कार्यकारिणी समितिको बैठकमा आफ्नो धारणा राख्न दिन माग गरेका हुन् ।

शेर्पा एन्फा अध्यक्ष भएदेखि बारम्बार आफूलाई आरोपित गरिएको भन्दै थापाले भनेका छन्, ‘तपाईंले लगाएका आधारहीन आरोपहरुबारे संघको कार्यकाररिणी समितिमा कुरा राख्दै कार्यकारिणी समितिमार्फत आम जनमानसलाई जानकारी गराउनु मेरा लागि अनिर्वाय बनेको छ ।’

आफूमाथि फिफाले प्रतिबन्ध लगाएको भएपनि यो विषय फुटबल गतिविधि नभई आफ्नो व्यक्तिगत भएको भन्दै थापाले कार्यकारिणी समितिमा धारणा राख्न दिन माग गरेका हुन् ।

हेर्नुहोस् थापाको पत्र : 

अखिल नेपाल फुटबल संघ गणेश थापा फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय