+
+

एएफसी फुटसल एसियन कप क्वालिफायर : नेपाल र अफगानिस्तान एउटै समूहमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १४:१८

२२ पुस, काठमाडौं। एएफसी फुटसल एसियन कप क्वालिफायरको खेलतालिका सार्वजनिक भएको छ । मलेसियाको क्वालालम्पुरमा बिहीबार सार्वजनिक खेलतालिका (ड्र) अनुसार नेपाल सेन्ट्रल एण्ड साउथ जोनको समूह बी मा परेको छ ।

यस समूहमा नेपालसहित उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान छन् । नेपाल यस समूहमा सबैभन्दा कम वरीयताको टिमको रुपमा छ ।

सेन्ट्रल एण्ड साउथ जोनको समूह ए मा इरान, कीर्गिस्तान, तुर्कमिनेस्तान र माल्दिभ्स छन् ।

सेन्ट्रल एण्ड साउथ जोनका खेलहरु अप्रिल १ देखि १५ सम्म कीर्गिस्तानमा हुनेछ । दुवै समूहबाट शीर्ष दुई टिम एसियन फुटबल कपकमा छनोट हुनेछन् ।

यसैगरी वेष्ट जोनमा ७ टिमलाई दुई समूहमा र इस्ट जोनमा ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

एसियान जोनको ड्र भने गरिएको छैन । एएफएफ फुटसल च्याम्पियनलाई नै एसियन फुटसल कपको छनोटको रुपमा लिइने एएफसीले जनाएको छ ।

सन् २०२२ सेप्टेम्बर अक्टोबरमा कुवेतमा हुने एसियन फुटसल कपका लागि क्वालिफायरबाट १५ टिम छनोट हुनेछन् । आयोजकको हैसियतमा कुवेत भने छनोट भइसकेको छ ।

एएफसी फुटसल एसियन कप क्वालिफायरका लागि नेपाली फुटसल टिमका मुख्य प्रशिक्षक गौरव बस्नेतले यसअघि नै ३२ खेलाडी प्रशिक्षणका लागि बोलाइसकेका छन् ।

शुक्रबार देखि काठमाडौंमा प्रशिक्षण सुरु हुनेछ । त्यसपछि दवस्रो चरणको प्रशिक्षण पोखरामा हुने एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?