+
+

‘बार्सिलोनाले हालान्ड भित्र्याउन सक्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १७:०७

२३ पुस, काठमाडौं । जर्मन क्लब बोरुसिया डटमन्डका स्ट्राइकर एर्लिङ हालान्ड यस समरमा स्पेनिस क्लब बार्सिलोना जान सक्ने फुटबल विज्ञ गुइलेम बालागले बताएका छन् ।

बिलियन भन्दा बढी ऋण रहेपनि बार्सिलोनाले हालान्डलाई भित्र्याउन सक्ने बालागले बताएको बीबीसीले उल्लेख गरेको छ ।

डर्टमन्डले २१ वर्षीय नर्वेजियन स्ट्राइकर हालान्डको रिलिज क्लज ७५ मिलियन युरो राखेको छ ।

‘बार्सिलोनाले ठूलो पारिश्रमिक र ठूला खेलाडीहरूबाट छुटकारा पाउन आवश्यक छ, तर यो सम्भव छ र उनीहरू विश्वस्त छन् कि उनीहरूले गर्न सक्छन्’ चर्चित स्पेसिन फुटबल विज्ञ बालागाले बीबीसी रेडियो फाइभ लाइको युरो लिग पडकास्टसंग भने ।

नयाँ अध्यक्ष जोन लापोर्टाले अर्जेन्टाइन लिओनल मेसीलाई क्लबमा राख्ने प्रतिवद्धता गरेपनि आर्थिक नियमका कारण गत समरमा फ्री ट्रान्सफरमा क्लब छाड्न दिए ।

तर बार्सिलोनाले २१ वर्षीय स्पेनिस फरवार्ड फेरान टोरेसलाई म्यानचेष्टर सिटीबाट गत महिना अनुबन्ध गरिसकेको छ र बार्सिलोना ठूलो खेलाडी भित्र्याउन लागेको लापोर्टाले बताएका छन् ।

यद्यपि बार्सिलोनाले आर्थिक समस्याकै कारण फेरानलाई दर्ता गर्न सकेको छैन ।

बालागले लापोर्टाले क्लबको भविष्यका लागि ठूलो खेलाडी भित्र्याउन चाहेको र हालान्ड नै त्यो सम्भावना रहेको बताए ।

सन् २०२० को जनवरीमा अष्ट्रियन क्लब रेडबुल साल्जबर्गबाट डर्टमण्ड पुगेका हाल्यान्डले डर्टमन्डबाट ७६ खेल खेल्दै ७४ गोल गरिसकेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?