२७ पुस, काठमाडौं। टर्कीस फुटबलर अहमेत कालिकको कार दुर्घटनामा परेर निधन भएको छ ।
टर्कीको राष्ट्रिय टिमका लागि समेत खेलिसकेका २७ वर्षीय डिफेण्डर कालिकको मंगलबार भएको दुर्घटनामा निधन भएको बीबीसीले जनाएको छ ।
कालिक खेल्ने क्लब कोन्यासपोरले ट्वीट गर्दै कालिकको निधनले दु:खी भएको जनाएको छ ।
टर्कीको रावधानी अंकरामा मंगलबार बिहान भएको कार दुर्घटनामा उनको निधन भएको मिररले जनाएको छ ।
सन् २०१५ मा टर्कीको राष्ट्रिय टिममा डेब्यु गरेका उनले ८ खेल खेल्दै १ गोल समेत गरेका थिए ।
उनले टर्कीको चर्चित क्लब गालातासरेबाट खेल्दै सुपर लिग, टर्किस कप र टर्किस सुपर लिगको उपाधि समेत जितेका छन् ।
प्रतिक्रिया 4