+
+

जनमोर्चाको प्रदेश सम्मेलन सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १२:५५

२९ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सरेको छ । सातै प्रदेशको सम्मेलन केही समय पछि सारिएको जनमोर्चाले जनाएको छ ।

जनमोर्चाले प्रदेश सम्मेलनको मिति आगामी माघको १५ र १६ गतेका लागि तय गरेको थियो । तर, कोरोनाको तेस्रो लहरका कारण फागुनमा सारिएको जनमोर्चाले जनाएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रदेश सम्मेलन फागुन ६ र ७ गते गर्ने निर्णय भएको जानकारी दिएका छन् । विज्ञप्तिमा कोरोनाको ओमिक्रोन भेरियन्टका साथै तयारीका लागि सम्मेलन सारिएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?