+
+

सीके राउतलाई ज्‍यान मार्ने धम्की दिने मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १९:०९

६ माघ, काठमाडौं। जनमत पार्टीले अध्यक्ष सीके राउतलाई ज्‍यान मार्ने धम्की दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ ।

पार्टीका उपाध्यक्ष ई. दीपक कुमार साहले बिहीबार विज्ञप्ति जारी गर्दै रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति आपत्त जनाउँदै बर्खास्त गर।्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७८ माघ ५ गते नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु यादवले रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। आपराधिक अभिव्यक्ति दिने, हत्या-हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र रच्ने सो मन्त्रीलाई अविलम्ब बरखास्त गर्नु पर्दछ। ‘

देशकै संघीयमन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट आएको सो अभिव्यक्ति चरम आपराधिक अभिव्यक्ति रहेको र किसान आन्दोलन तथा आम-जनताको विरूद्धमा रहेको हाम्रो पार्टीको निष्कर्ष छ।

साथै पार्टीले गौर नरसंहारका फरार अभियुक्तहरूलाई तत्काल् पक्राउ गर्न मागसमेत गरेको छ ।

बलिदानी दिवस मनाउन गौर पुगेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री  जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी थिइन् ।

७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।

हेर्नुस् जनमत पार्टीले निकालेको विज्ञप्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?