
७ माघ, चितवन । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुक्खा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि सवारी साधनहरु र तिनमा सवार यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाउने काम जारी छ । तर पहिरो ठूलो भएकाले सबै पन्छाएर बाटो खुलाउन समय लाग्ने चितवन प्रहरीले जनाएको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी एवम् इन्जिनियर शिव खनालका अनुसार टोपो खोला नजिक पुल बनाउनका लागि खनिएको ठाउँबाट पहिरो खसेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4