+
+

टी-२० विश्वकप ग्लोबल क्वालिफायरअघि नेपालले चारदेशीय सिरिज खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ८ गते ११:०५

८ माघ,  काठमाडौं । अर्को महिनामा हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरअघि नेपालले चार राष्ट्र सहभागी टी-२० सिरिज खेल्ने पक्का भएको छ ।

नेपालसहित ओमान, यूएई र आयरल्याण्ड सम्मिलित सिरिज हुन लागेको नेपाल क्रिकेट संघ क्यानले शनिबार जनाएको छ ।

टी-२० ग्लोबल क्वालिफायरको तयारीस्वरुप यो सिरिज हुन लागेको क्यानले जनाएको छ । यस सिरिजका खेलहरुले टी-२० अन्तर्राष्ट्रिय मान्यता पनि पाउनेछन् ।

नेपालले पहिलो खेल फेब्रुअरी ११ मा ओमानसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल फेब्रुअरी १२ मा यूएई र आयरल्याण्डसँग फेब्रुअरी १४ मा खेल्नेछ ।

टी-२० विश्वकपको ग्लोबल क्वालिफायर फेब्रअरी १७ देखि २५ सम्म ओमानमै हुनेछ । क्वालिफायरको ए अन्तर्गत समूह बी मा रहेको नेपालले ओमान, फिलिपिन्स र क्यानडासँग खेल्नेछ ।

यस्तै अर्को समूहमा आयरल्याण्ड, यूएई, जर्मनी र बहराइन छन् । दुवै समूहको शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल विजेता टिम फाइनल प्रवेश गर्नेछन् र अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा पनि छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?