९ माघ, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी साउथह्याम्पटनसग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा लिग लिडर सिटीले साउथ्हयाम्पटनसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
घरेलु मैदानमा केल वाल्कर पिटर्सले खेलको सातौं मिनेटमै गोल गर्दै साउथह्याम्पटनलाई पहिले अग्रता दिलाएका थिए । तर अग्रता कायम राख्न भने सकेन । सिटीका लागि एमरिक लापोर्टाले ६५औं मिनेटमा बराबरी गोल फर्काए । उनले केभिन डे ब्रुएनाको पासमा गोल गरे ।
बराबरीपछि सिटीको २३ खेलबाट ५७ अंक भएको छ र दोस्रो स्थानको लिभरपुल भन्दा अझै १२ अंकले अघि छ । २१ खेल मात्र खेलेको लिभरपुलको ४५ अंक छ ।
साउथह्याम्पटन २२ खेलबाट २५ अंकसहित १२औं स्थानमा छ ।
प्रतिक्रिया 4