
९ माघ, काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ का फाइनलिस्ट आर्यन तामाङको स्वर रहेको ‘तिम्रो खुशी’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो गीतमा अशोक खड्काको शब्द र निरोज लामाको संगीत छ । गीतले खुशी नारीको गहना भएकाले यसलाई सम्हालेर राख्नका लागि आग्रह गरेको भाव बोकेको छ ।
यो गीतको भिडियोमा रोशन कालिकोटे र रविना थिङको अभिनय रहेको छ ।
अशोक खड्काको निर्देशनमा तयार भएको भिडियोमा सुशील बानियाँको छायांकन र सुरेश राउतको सम्पादन छ । ‘द भ्वाइस अफ नेपाल ३’को अन्तिम ४ मा पुगेपछि आर्यनको चर्चा चुलिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4