+
+

परीक्षा स्थगित गरेको विरोधमा सीटीईभीटीविरुद्ध जनकपुरधाममा प्रदर्शन

परीक्षा स्थगित गरेको विरोधमा सीटीईभीटीविरुद्व विद्यार्थीहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १५:३७

१३ माघ, जनकपुरधाम। परीक्षा स्थगित गरेको विरोधमा सीटीईभीटीविरुद्ध विद्यार्थीहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

सीटीईभीटीले आगामी माघ २७ गतेदेखि परीक्षा तोकेकोमा उक्त परीक्षा हालै स्थगित गरेको छ । परीक्षा स्थगित गरेको विरोधमा विद्यार्थीले रमानन्द चोकमा टायर बालेर प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

पटक–पटक परीक्षा स्थगित गरेर ३ बर्षको कोर्षलाई ५ वर्षसम्म पुर्‍याउन चाहेको विद्यार्थीको भनाइ छ । उनीहरुले वैकल्पिक विधीबाट परीक्षा नभए भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा लिनुपर्ने बताएका छन् ।

यसरी पनि नभए आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्नुपर्ने उनीहरुले बताए ।

डिप्लोमा तहमा अध्ययनरत सुमित यादवले विद्यार्थीको जीवनसँग खेलबाड गर्न नपाइने र समयमै परीक्षा हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?