+
+

राजेश हमालले गाए अर्को गीत

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १६:५९
अभिनेता राजेश हमाल र संगीतकार सन्तोष श्रेष्ठ स्टुडियोमा । तस्वीर : सन्तोष श्रेष्ठको फेसबुकबाट

१६ माघ, काठमाडौं । अभिनेता राजेश हमालले अर्को एक गीत गाएका छन् । आफ्नो चलचित्र करिअरको तीन दशकपछि हमालले तीन महिनाअघि पहिलोपटक गीत रेकर्ड गराएका थिए । पहिलोपटक ‘मन बुढो भएन’ बोलको गीत गाएका हमालले शुक्रबार मात्रै ‘गाउँले ठिटो’ बोलको नयाँ गीत रेकर्ड गराएका हुन् ।

हमालले गाएको नयाँ गीतमा गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । गीतलाई गोपाल रसाइलीले एरेञ्ज गरेका छन् ।

संगीतकार श्रेष्ठले गीत रमाइलोसँगै सन्देशमूलक रहेको बताए । ‘विदेशमा गएकाहरुलाई नेपालमै राम्रो छ, गाउँमै राम्रो छ । विदेश गएका फर्किउन्, यहाँका विदेश नजाउन् र गएर आएकाहरु फेरि नफर्किउन् भन्ने खालको सन्देश गीतले बोकेको छ,’ संगीतकार श्रेष्ठले गीतबारे भने ।

ग्रामीण परिवेश आउने खालको गीत र भिडियो गर्ने राजेशको सोच अनुसार सहकार्य भएको श्रेष्ठले बताए । हमालले एकल स्वर र अभिनयमा ग्रामीण परिवेश आउने गरी सन्देशमूलक गीत गाउने चाहना राखेका थिए । संगीतकार श्रेष्ठका अनुसार अनुसार चार-पाँच पटकको बसाइपछि यो गीत रेकर्डिङ गरिएको हो ।

‘उहाँबाट व्यावसायिक गायक/गायिकाहरुको जस्तो आशा गर्न मिल्दैन,’ श्रेष्ठले भने, ‘संगीतकारको हिसाबले सुन्दा तालमा टाइमिङ पर्फेट गाउनुहुन्छ । किनभने टाइमिङमा नगाएको भए गाह्रो हुन्थ्यो । बरु अहिले सुर त लगाउन मिल्छ तर तालमा परेन भने गाह्रो हुन्छ । उहाँ डान्स गरिरहेको हुनाले पनि टाइमिङमा हुँदोरहेछ ।’

अहिले मिक्सिङ भइरहेको गीतको केही दिनमा भिडियो छायांकन हुँदैछ । देवेन्द्र पाण्डेको निर्देशनमा ग्रामीण परिवेशमा तयार हुने भिडियोमा राजेश नै मुख्य भूमिकामा देखिनेछन् । संगीतकार श्रेष्ठले अभिनेता हमालसँग सहकार्य गर्न पाउँदा एकदमै खुशी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?