+
+

‘ब्लाइण्ड डेट’ अब हिमालय टीभीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १२:२४

१९ माघ, काठमाडौं । पहिलो सिजनमा युट्युबमा निक्कै चर्चा पाएको रियालिटी शो ‘ब्लाइण्ड डेट’को दोस्रो सिजन अब हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ ।

हिमालय टीभी र शोका निर्देशक रोशन दाहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो शो चैत अन्तिम साता वा वैशाखको पहिलो साताबाट हिमालय टीभीमा प्रसारण हुनेछ ।

शोका निर्देशक दाहालले अनलाइनखबरसँग भने, ‘हामीले पहिलो सिजनमा टीभीमा पनि प्रसारण गर्ने विषयमा सोचेका नै  थिएनौं । तर दर्शकको माया अत्यधिक पाएपछि धेरै टीभीबाट अफर आयो । जसमध्ये हामीले हिमालय टीभी रोजेका हौं ।’

उनले दोस्रो सिजनमा ‘ब्लाइण्ड डेट’को प्रस्तुति परिवर्तन हुने बताए । ‘हामीले विवादित प्रस्तुतिहरुलाई त निरन्तरता नै दिन्छौं,’ उनले भने । दाहालका अनुसार यो शोको छायांकन प्रसारण हुनुभन्दा एक साता अगाडि मात्र गरिनेछ । शो छायांकन गर्दै प्रसारण हुने भएकाले पनि अहिले नै हतार नभएको उनले बताए ।

हिमालय टीभी नै रोज्नुको विषयमा उनले भने, ‘हिमालय टीभी रियालिटी शोका लागि नम्बर १ छ । यसैले हामीले अन्य टीभीबाट अझै आकर्षक रकम पाएपनि हिमालय टीभी नै रोजेका हौं ।’

हिमालय टीभीले ‘द भ्वाइस अफ नेपाल, द भ्वाइस किड्स, डान्सिङ विथ द स्टार्स नेपाल, इन्द्रेणी, सक्किगो नि’ लगायतका चर्चित कार्यक्रम प्रसारण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?