
२० माघ, काठमाडौं । नेपालमा १८ वर्षमाथिका ७० प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार लक्षित जनसंख्या (१८ वर्षभन्दा माथि उमेर समूह) को ७०.७ प्रतिशत नागरिकले खोपको पूर्ण मात्रा लगाएका हुन् ।
Congratulations Nepal🇳🇵for reaching another crucial milestone. 7⃣0⃣ % of the adult population ( > 18 years) have now received a full COVID-19 vaccine course. (1/2) pic.twitter.com/ocRiojA2Wz
— WHO Nepal (@WHONepal) February 3, 2022
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालले ट्वीटरमार्फत नेपाललाई ७० प्रतिशत वयस्क जनसंख्यालाई पूर्ण खोप लगाउन सफल भएकोमा बधाई समेत दिएको छ । डब्ल्यूएचओ नेपालले यसलाई नेपाल तथा सहयोगी निकायको ठूलो सफलता समेत भनेको छ ।
१८ वर्षमाथिका ८६.९ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएको मन्त्रालयएको तथ्यांकमा उल्लेख छ ।
सरकारले चैत मसान्तसम्मा १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4