+
+

एन्फाले साधारणसभाका लागि बनायो निर्वाचन समिति

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १९:३०

२० माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी जेठ १५ गते हुने चुनावी साधारणसभाका लागि श्रीराम दवाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

बिहीबार बसेको एन्फा कार्यसमितिको बैठकले निर्वाचन सिमितिको सह-संयोजकमा रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई र वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ र प्रिती कार्की छन् ।

निर्वाचन समितिको नाम एन्फा विशेष साधारण सभा (एक्ट्राअर्डिनरी कंग्रेस) मा पेश गर्ने निर्णय गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । एन्फाका अनुसार माघ २९ गते एक्ट्राअर्डिनरी कंग्रेसको आयोजना गरिएको छ ।

साथै, बैठकले विष्णु लुईंटेलको संयोजकत्वमा सात सदस्यीय निर्वाचन पुनरावेदन समितिसमेत गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?