
२१ माघ, काठमाडौं । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप २०२१ को उपाधि जितेमा महिला भलिबल टिमलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । यसअघि नै घोषणा भए बमोजिम सरकारले विजेता टोलीका खेलाडी र अफिसियललाई नगद पुरस्कार प्रदान गरेको हो ।
मन्त्रिपरिषद्को पुष १४ गते बसेको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार दिने निर्णय गरेको थियो ।
सोही अनुसार उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई ५/५ लाख, दुईजना प्रशिक्षकलाई ३/३ लाख र एकजना अफिसियललाई दुईलाख रुपैयाँ प्रदान गरिएको छ । टोलीका सदस्य सरस्वती चौधरी भने घुँडाको शल्यक्रिया गरेर आराम गरिरहेकोले सम्मान कार्यक्रममा उपस्थित भएनन् ।
बंगलादेशको ढाकामा भएको प्रतियोगितामा नेपालले फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले सेन्ट्रल जोन महिला भलिबलको उपाधि रक्षा गरेको थियो ।
नेपाली टोली
अरुणा शाही(कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, सलिना श्रेष्ठ, सुनिता खड्का, सफिया पुन, उषा भण्डारी, कृपा अधिकारी, मनिषा चौधरी, शान्ती थारु, कामना विष्ट, लक्ष्मी चन्द
प्रशिक्षक : जगजित भट्ट
सहायक प्रशिक्षक : भरत यादव
म्यानेजर : ज्योति केसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4