
२२ माघ, काठमाडौं । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको डीएसपी सत्यनारायण थापाले जानकारी दिए । मृतक र घाइतेको सनाखत भइसकेको छैन ।
जीप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको डीएसपी थापाले बताए । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइनसकेको उनको भनाइ छ ।
घाइतेहरूलाई जिल्ला अस्पताल लगिएको डीएसपी थापाले बताए । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जानकारी पाएको उनले बताए ।
घटनास्थल इलाका प्रहरी कार्यालयबाट पनि १५ किलोमिटर टाढा रहेको छ ।
जीप बेहुलाको घर नजिकै आउँदा दुर्घटना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4