+
+

एफए कप : महारेजको २ गोलमा सिटीको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते ७:५०

२३ माघ, काठमाडौं । रियाद महारेजले दुई गोल गरेपछि प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्थालाई उल्टाएर सिटीले फुलहममाथि ४-१ को पुनरागमन जित हात पारेको हो ।

खेलको चौंथो मिनेटमै फाबियो कार्भाल्होले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिक्न सकेन । छैटौं मिनेटमै इल्के गुन्डोगानले सिटीका लागि बराबरी गोल फर्काए ।

१३ औं मिनेटमा जोन स्टोन्सले गोल गरेपछि सिटीले २-१ को अग्रता बनायो ।

दोस्रो हाफमा रियाद महारेजले दुई गोल गरे । ५३औं मिनेटमा पेनाल्टीमा गोल गरेका महारेजले ५७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

क्रिस्टल प्यालेस, नर्विच सिटी, स्टोक सिटी पनि एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

यस्तै फ्रांक लाम्पार्डले प्रशिक्षण सम्हालेको पहिलो खेलमै एभर्टन पनि जित हात पार्दै एफए कपको छ ।

शनिबार राति भएको खेलमा एभरटनले ब्रेन्टफोर्डलाई ४-१ ले हरायो । एभर्टनको जितमा एरी मिना, रिचार्लिसन, मासन होल्गेट र एन्ड्रोस टाउनसेन्डले गोल गरे । ब्रेन्टफोर्डका इभान टोनीले एक गोल फर्काए ।

यसैगरी ह्यारी केनको दुई गोल मद्दतमा टोटनहम हट्सपरले ब्राइटनलाई ३-१ ले पराजित गर्दै पाँचौ चरणमा प्रवेश गरेको छ ।

केनले १३औं र ६६औं मिनेटमा गोल गरे । ब्राइटनका सोली मार्चले एक आत्मघाती गोल उपहार दिए । ब्राइटनका लागि यस बिसोउमाले एक गोल फर्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?