News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वकप विजेता रोड्रीले बार्सिलोनासँग चार वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।
- बार्सिलोनाले रोड्रीलाई करिब ६ करोड ५० लाख पाउन्ड शुल्क तिर्न सहमति जनाएसँगै उनी २०१९ पछि पहिलोपटक स्पेनिस फुटबलमा फर्किएका हुन् ।
- रोड्रीले म्यानचेस्टर सिटीमा सात सिजन बिताउँदै २९८ खेलमा १२ ठूला उपाधि जितेका थिए ।
३ भदौ, काठमाडौं । स्पेनका विश्वकप विजेता रोड्रीले बार्सिलोनासँग चार वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।
बार्सिलोनाले करिब ६ करोड ५० लाख पाउन्ड शुल्क तिर्न सहमति जनाएसँगै उनी सन् २०१९ मा एथ्लेटिको म्याड्रिड छाडेपछि पहिलोपटक स्पेनिस फुटबलमा फर्किएका हुन् ।
आफ्नो नयाँ यात्राबारे बोल्दै रोड्रीले भने, ‘म मेरो करियरको यो नयाँ चरणलाई लिएर धेरै खुसी र उत्साहित छु । यो एउटा नयाँ चुनौती हो, नयाँ कुराहरू अनुभव गर्ने र फेरि त्यो उत्साह महसुस गर्ने अवसर हो ।’
उनले थपे, ‘म अत्यन्तै महत्वाकांक्षी क्लबमा आएको छु, जसले मेरो व्यक्तित्वलाई राम्रोसँग सुहाउँछ । त्यसैले यस सिजन हाम्रा उद्देश्यहरू पूरा गर्न म सक्दो सहयोग गर्ने प्रयास गर्नेछु ।’
रोड्रीले म्यानचेस्टर सिटीमा सात सिजन बिताएपछि क्लब छाडेका हुन् । यस क्रममा उनले २९८ खेल खेल्दै १२ वटा ठूला उपाधिहरू जिते । जसमा चार वटा प्रिमियर लिग, दुई वटा एफए कप, तीन वटा इएफएल कप र सन् २)२३ को च्याम्पियन्स लिग सामेल छन् ।
सिटीमा उनका पछिल्ला दुई सिजन चोटका कारण प्रभावित भएका थिए । तर विश्वकपमा उनी आफ्नो उत्कृष्ट लयमा फर्किए । स्पेनले दोस्रो पटक विश्वकपको ट्रफी उचाल्दा उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी चुनिएका थिए ।
प्रतिक्रिया 4