+

टप एन्ड टी–२० सिरिज : सदरल्यान्डको कप्तानीमा भिक्टोरियाको बलियो टोली घोषणा

२०८३ भदौ  ३ गते ९:०३ २०८३ भदौ ३ गते ९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाको नर्दन टेरिटोरीमा हुने टप एन्ड टी–२० सिरिजका लागि भिक्टोरिया सीए–११ ले विल सदरल्यान्डको कप्तानीमा बलियो टोली घोषणा गरेको छ।
  • टोलीमा अस्ट्रेलियाका लागि टेस्ट खेलिसकेका अफस्पिनर टोड मर्फी र बिग ब्यास लिगका साम हार्पर, ह्यारी डिक्सन, टम रोजर्स, क्यालम स्टो र क्याम्पबेल केलावे छन्।
  • भिक्टोरियाले टप एन्ड टी–२० मा नेपाल ए टोलीसँग खेल्नेछ, र नेपालले अगस्ट २९ मा भिक्टोरिया सीए–११ विरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ।

३ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा आयोजना हुने टप एन्ड टी–२० सिरिजका लागि भिक्टोरिया सीए–११ ले बलियो टोली घोषणा गरेको छ ।

विल सदरल्यान्डको कप्तानीमा घोषणा गरिएको टोलीमा बिग ब्यास लिगमा खेलिसकेका तथा अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट टेस्ट खेलिसकेका खेलाडीसमेत छन् ।

भिक्टोरियाले टप एन्ड टी–२० मा नेपालको ए टोलीसँग पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले अगस्ट २९ मा भिक्टोरिया सीए–११ विरुद्ध खेल्ने तालिका छ ।

सदरल्यान्डले भिक्टोरियाको टोलीको नेतृत्व गर्नेछन् । उनी अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट ओडीआई समेत खेलिसकेका अलराउन्डर हुन् । बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्सको कप्तानी पनि गर्छन् ।

टोलीमा अस्ट्रेलियाबाट टेस्ट खेलिसकेका अफस्पिनर टोड मर्फी पनि छन् । मर्फीले अस्ट्रेलियाका लागि टेस्ट क्रिकेटमा समेत प्रभाव छाडिसकेका छन् र भिक्टोरियाको बलिङ आक्रमणका महत्वपूर्ण सदस्य हुन् ।

भिक्टोरियाको टोलीमा बिग ब्यास लिगमा चर्चित रहेका साम हार्पर, ह्यारी डिक्सन, टम रोजर्स, क्यालम स्टो र क्याम्पबेल केलावे पनि छन् । यी खेलाडीको उपस्थितिले टोलीलाई टप एन्ड टी–२० को बलियो टोलीका रूपमा उभ्याएको छ ।

भिक्टोरियाको टोलीमा माइकल आर्चर, अस्टिन एन्जेलजार्क, लियाम ब्ल्याकफोर्ड, साम इलियट, ह्यारी होक्स्ट्रा, ब्लेक म्याकडोनाल्ड, आर्यन शर्मा र ब्रोडी सिमोन्स पनि छन् ।

भिक्टोरिया सीए–११ टोली : विल सदरल्यान्ड (कप्तान), माइकल आर्चर, अस्टिन एन्जेलजार्क, लियाम ब्ल्याकफोर्ड, ह्यारी डिक्सन, साम इलियट, साम हार्पर, ह्यारी होक्स्ट्रा, क्याम्पबेल केलावे, ब्लेक म्याकडोनाल्ड, टोड मर्फी, टम रोजर्स, आर्यन शर्मा, क्यालम स्टो र ब्रोडी सिमोन्स ।

टप एन्ड टी-२० सिरिज भिक्टोरिया क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय