News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली अल्ट्रा-ट्रेल रनर दावा तामाङले फ्रान्समा हुने युटीएमबी वर्ल्ड सिरिज फाइनलमा १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
- दावा मंगलबार फ्रान्स प्रस्थान गरेका छन् र अगष्ट २८ तारिखमा हुने दौडमा आफ्नो उत्कृष्ट समय सुधार गर्ने लक्ष्य रहेको बताए ।
- गत वर्ष अस्ट्रेलियामा भएको कोस्की १०० अल्ट्रा-ट्रेल कोसियुस्कोमा १ सय किलोमिटर दूरी १४ घण्टा ९ मिनेट २९ सेकेन्डमा पूरा गरेपछि उनी फाइनलका लागि छनोट भएका हुन् ।
काठमाडौ । नेपाली अल्ट्रा-ट्रेल रनर दावा तामाङले फ्रान्समा हुने युटीएमबी (अल्ट्रा ट्रेल डु मोन्ट-ब्लाङ्क)वर्ल्ड सिरिज (फाइनल) मा प्रतिस्पर्धा गर्ने भएका छन् ।
अगष्ट २८ तारिखमा हुने सिरिजमा दावाले १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् । उनी मंगलबारै फ्रान्स प्रस्थान गरेका छन् ।
गत वर्ष अस्ट्रेलियामा भएको कोस्की १०० अल्ट्रा-ट्रेल कोसियुस्को (युटीएमबी) मा गरेको प्रदर्शनका आधारमा दावा फ्रान्सको सिरिजका लागि छनोट भएका हुन् । अस्ट्रेलियामा भएको उक्त दौडको १ सय किलोमिटर दूरी दावाले १४ घण्टा ९ मिनेट २९ सेकेन्डमा पूरा गरेका थिए ।
एक्सटेप नेपालका निर्देशक गणेशमान श्रेष्ठले जावलाखेलस्थित एक्सटेपको आउटलेटमा दावालाई मंगलबारै बिदाइ गरे । दावाले आफ्नो उत्कृष्ट समयमा सुधार गर्ने लक्ष्य रहेको बताए ।
युटीएमबी वर्ल्ड सिरिजमा विश्वकै उत्कृष्ट अल्ट्रा ट्रेल धावकहरुले प्रतिस्पर्धा गर्छन् । यस वर्षको युटिएमबी वर्ल्ड सिरिज फाइनल अगष्ट २४ देखि ३० सम्म आयोजना हुनेछ । जुन युरोपको तीन राष्ट्र फ्रान्स, इटाली र स्विट्जरल्यान्डमा हुनेछ ।
दावाले प्रतिस्पर्धा गर्ने १०० किमीको प्रतिस्पर्धा इटालीमा सुरु भएर फ्रान्सकमा पुगेर सकिनेछ ।
प्रतिक्रिया 4