+
+

नेपालमा अनुमति प्राप्त क्यासिनो संख्या २२ पुग्यो, कुन क्यासिनो कहाँ ?

अच्युत पुरी अच्युत पुरी
२०७८ माघ २४ गते १५:३६

२४ माघ, काठमाडौं । विदेशी पर्यटकले मात्र प्रवेश पाउने खर्चिलो पर्यटकीय उत्पादन क्यासिनो खेलाउन नेपालमा २२ कम्पनीले अनुमति पाएका छन् ।

पर्यटन विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म ७ वटा नयाँ क्यासिनाले अनुमति पाएका छन् । यस वर्ष क्यासिनोको अनुमति पाउनेमध्ये एउटा पूर्ण क्यासिनो हो भने अन्य ६ वटा आधुनिक मेसिन वा उपकरणका माध्यमबाट मात्र खेलाउने गरी दिइएको हो ।

यस वर्ष पाएका क्यासिनाको अनुमति सबै मोफसलमा रहेका होटलमा दिइएको छ । चालु आवमा नेपालगञ्जका चार, भैरहवाका दुई र झापामा एक होटलमा क्यासिनो सञ्चालन गर्न अनुमति दिएको समेत विभागले जनाएको छ ।

नेपालमा पहिलो पटक याक एण्ड यति होटलमा २०४८ सालमा क्यासिनो सञ्चालनको अनुमति दिइएको थियो । त्यसयता २०७०/७१ सालसम्म क्यासिनोले अनुमति पाएका थिए । त्यसपछि सरकारले चुक्तापूँजी बढाउने निर्णय लियो । यो निर्णयपछि नयाँ क्यासिनो आउने क्रम बन्द भएको थियो ।

पछिल्लो समय आतिथ्य सेवामा लगानी थप भएसँगै ती होटलहरुले क्यासिनो पूर्वाधार थप भएसँगै अनुमति दिइएको छ । यस वर्ष थपिएकामध्ये झापाको पाँचतारे होटलमा क्यासिनो र अन्यमा भने आधुनिक मेसिन वा उपकरणबाट मात्र खेलाउने गरी अनुमति दिइएको हो ।

कुन क्यासिनो कुन होटलमा ?

  • बेल्लिज नेपाल प्रालि (२०७५/७६) : मल्ल होटल लैनचौर
  • एटलान्टिक रिक्रियसन (२०७४/७५) : होटल डेला अन्नपूर्ण दरवारमार्ग
  • प्राइड इन्टरटेनमेन्ट (२०७२/७३) : तारागाउँ रिजेन्सी बौद्ध
  • डेल्टइन नेपाल (२०७६/७७) : होटल म्यारियट नक्साल
  • एसएचएल म्यानेजमेन्ट सर्भिसेज (२०७४/७५) : होटल टाइगर वन भैरहवा
  • एसएचएल म्यानेजमेन्ट सर्भिसेज (२०७१/७२) : होटल सांग्रिला (लाजिम्पाट)
  • क्यासिनो रोयल (२०४८) : होटल याक यण्ड यति दरवारमार्ग
  • क्यासिनो र्‍याड (२०५९) : होटल र्‍याडिसन लाजिम्पाट
  • माजोङ इन्टरटेन्मेन्ट (२०७१/७२) : सोल्टी होटल
  • इम्पेरियल इन्टरटेन्मेन्ट (२०७६/७७) : होटल सोल्टी शिवक्रिम होटल्स नेपालगन्ज
  • भेगस रिक्रियसन (२०७८/७९) : मेची क्राउन प्लाजा झापा
  • ज्याकपोट ग्यामिङ सेन्टर (२०७६/७७) : न्यू होटल सिद्धार्थ बाँके
  • स्माइल कलेक्सन प्रालि (२०७४/७५) : इच्छा होटल (सिमरा)
  • सेन्ट्रल मिडिया ग्रुप (२०६५) : होटल ओपेरा (नेपालगञ्ज), होटल भिसुवा (वीरगञ्ज), होटल रत्ना (विराटनगर), होटल प्लाटिनम (काठमाडौं)
  • ह्याप्पी आवर प्रालि (२०६७) : होटल स्वीटड्रीम महेन्द्रनगर, होटल लाकौल (भैरहवा), होेटेल ढाका (काँकडभिट्टा)
  • रक इन्टरनेशनल (२०६६) : होटल साथी धनगढी, होटल सुरज वीरगञ्ज, होटल बोधी रेडसन भैरहवा र होटल रियाज काकडभिट्टा
  • निर्भाना लक्जरी (२०७८/७९) : होटल निर्वाण भैरहवा
  • बेलिज इन्टरटेन्मेन्ट (२०७८/७९) : होटल स्नेह प्रालि बाँके
  • सिद्धार्थ गेमिज जोन प्रालि (२०७८/७९) : होटल नान्स भैरहवा
  • ओम क्रयम्बकम इन्टरटेन्मेन्ट (२०७८/७९) : कल्पतरु होटल्स एण्ड कौशिकी बैंकेट प्रालि बाँके
  • सेपियर इन्टरटेन्मेन्ट टोक्नोलोजी प्रालि (२०७८/७९) : होटल सिटी प्यालेस बाँके

क्यासिनोले ६ महिनामा बुझाए ६५ करोड ५० लाख रोयल्टी

क्यासिनोबाट लामो समयदेखि उठ्न बाँकी रोयल्टी भने यो वर्ष संकलन भएको छ ।

पर्यटन विभागको तथ्यांक अनुसार क्यासिनोबाट पुस मसान्तसम्म ६५ करोड ५० लाख रुपैयाँ रोयल्टी बुझाएका छन् । सोहीकारण यो वर्षको पहिलो ६ महिनामै पर्यटन विभागले ७० करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।

विभागले क्यासिनोसहित पर्वतारोहण रोयल्टी, होटल रिर्सोट दर्ता, शाहसिक पर्यटकीय क्रियाकलाप दर्ता र विविध शीर्षकमा उक्त राजस्व उठाएको हो । यसबीचमा पर्वतारोहण रोयल्टी ४ करोड २३ लाख रुपैयाँ संकलन भएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?