+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

रणवीर अभिनित ‘शमशेरा’ जुलाई २२ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १३:४७

२८ माघ, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ओरालो लागेसँगै धमाधम सिनेमा हल पनि खुल्ने तयारीमा छन् । योसँगै रोकिएर रहेका दर्जनौं चलचित्रको प्रदर्शन मिति तय गर्न थालिएको छ ।

अभिनेता रणवीर कपुर अभिनित चलचित्र ‘शमशेरा’को पनि प्रदर्शन मिति तय भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्र जुलाई २२ मा रिलिज हुने भएको छ ।

यशराज ब्यानरको निर्माण भएको ‘शमशेरा’लाई करण मल्होत्राले निर्देशन गरेका हुन् । चलचित्रलाई ऐतिहासिक कथावस्तुमा निर्माण गरिएको छ ।

रणवीरको ‘सञ्जु’पछि नयाँ चलचित्र रिलिज हुन पाएको छैन । रणवीरको रिलिज ‘लाइनअप’ भने लामो बनिसकेको छ । रणवीर अभिनित ‘ब्रह्मास्त्र, एनिमल, लभ रञ्जना’ रिलिजको तयारीमा छन् ।

बलिउडमा फ्रेबुअरी २५ बाट सुरु हुने चलचित्रको रिलिज सूची लामो बनिसकेको छ । यसैले पनि निर्माताहरुलाई अन्य चलचित्रलाई समेत प्रभावित नपार्ने गरी प्रदर्शन मिति तय गर्न धौ धौ परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?