+
+

रणवीर अभिनित ‘शमशेरा’ जुलाई २२ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १३:४७

२८ माघ, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ओरालो लागेसँगै धमाधम सिनेमा हल पनि खुल्ने तयारीमा छन् । योसँगै रोकिएर रहेका दर्जनौं चलचित्रको प्रदर्शन मिति तय गर्न थालिएको छ ।

अभिनेता रणवीर कपुर अभिनित चलचित्र ‘शमशेरा’को पनि प्रदर्शन मिति तय भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्र जुलाई २२ मा रिलिज हुने भएको छ ।

यशराज ब्यानरको निर्माण भएको ‘शमशेरा’लाई करण मल्होत्राले निर्देशन गरेका हुन् । चलचित्रलाई ऐतिहासिक कथावस्तुमा निर्माण गरिएको छ ।

रणवीरको ‘सञ्जु’पछि नयाँ चलचित्र रिलिज हुन पाएको छैन । रणवीरको रिलिज ‘लाइनअप’ भने लामो बनिसकेको छ । रणवीर अभिनित ‘ब्रह्मास्त्र, एनिमल, लभ रञ्जना’ रिलिजको तयारीमा छन् ।

बलिउडमा फ्रेबुअरी २५ बाट सुरु हुने चलचित्रको रिलिज सूची लामो बनिसकेको छ । यसैले पनि निर्माताहरुलाई अन्य चलचित्रलाई समेत प्रभावित नपार्ने गरी प्रदर्शन मिति तय गर्न धौ धौ परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?