+
+

यूएईविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै, लोकेशको डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २९ गते ११:४०

२९ माघ, काठमाडौं। चार देशीय टी-२० सिरिजको दोस्रो खेल सुरु भएको छ । दोस्रो खेलमा  नेपालले टस जितेर अहिले बलिङ गरिरहेको छ ।

यूएईविरुद्धको यो खेलमा हिटर ब्याटर लोकेश बमले डेब्यु गरेका छन् ।

पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो । आज यूएईविरुद्धको खेलमा नेपालले तीन जना खेलाडी परिवर्तन गरेको छ । अविनाश बोहरा, प्रदीप ऐरी र सागर ढकालको स्थानमा आज जितेन्द्र मुखिया, लोकेश बम र शाहब आलम पहिलो रोजाइमा परेका छन् ।

नेपालले दुई वर्षपछि यूएईसँग टी-२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । सन् २०१९ मा नेपालले यूएई भ्रमण गर्दा तीन टी-२० आई र तीन ओडीआई सिरिज खेलेको थियो । दुवै सिरिज नेपालले २-१ ले जितेको थियो । पहिलो खेल हारेर पनि नेपालले लगातार दुई खेल जित्दै सिरिज जितेको थियो ।

त्यसपछि नेपाल र यूएई टी-२० मा पहिलो पटक खेल्दैछन् । २०१९ मा भएको सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो भने नेपालले दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?