१ फागुन, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड भियारियालसँग बराबरीमा रोकिएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा रियलले भियारियालसँग गोलरहित बराबरी खेलेको हो ।
घरेलु मैदानमा रियलले गोल गर्ने केही अवसर बनाए पनि फिनिसिङ हुन सकेन ।
बराबरीपछि दोस्रो स्थानको सेभियासँग अंकदूरी बढाउने अवसर गुमाएको रियलको २४ खेलबाट ५४ अंक भएको छ । समान खेलबाट सेभियाको ५० अंक छ ।
भियारियाल २४ खेलबाट ३६ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ ।
प्रतिक्रिया 4