+
+

९ स्थानमा ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १९:०४

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले सात जिल्लाका ९ स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकले रामेछापको दोरम्बा शैलुङ गाँउपालिका-१ देउराली बजार र वडा नम्बर ६ रिष्ठे बजार तथा धनुषाको मिथिला नगरपालिका-४ स्थित पुष्पवलपुर र बटेश्वर गाँउपालिका-४ स्थित बटेश्वरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

यस्तै भोजपुरको भोजपुर नगरपालिका-३ स्थित दावाँ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ स्थित खार्मी, नुवाकोटको लिखु गाँउपालिका-४ चौघडा, रुपन्देहीको देवदह नगरपालिका-४ स्थित भवानीपुर र उदयपुरको कटारी नगरपालिका-६ स्थित बाँकेटारमा पनि शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । अब ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ सेवा संख्या २७४ पुगेको छ ।

बैंकको भोजपुर शाखाअन्तर्गत रहनेगरी दावाँमा खोलिएको सेवाको लागि प्रकाश दाहाल, दोरम्बा शाखाअन्तर्गत रहनेगरी देउराली बजारमा खोलिएको सेवाका लागि डडुवा साना किसान कृषि सहकारी संस्था लिमिटेड तथा रिष्ठे बजारमा खोलिएको सेवाका लागि मिलन थापा, ढल्केबर शाखाअन्तर्गत रहनेगरी पुष्पवलपुरमा खोलिएको सेवाका लागि राकेशकुमार महतो तथा बटेश्वरमा खोलिएको सेवाका लागि जितेन्द्रकुमार महतो सिंहलाई प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

यस्तै खोटाङ शाखाअन्तर्गत रहनेगरी खार्मीमा खोलिएको सेवाका लागि सुमन राई, त्रिशुली शाखाअन्तर्गत रहनेगरी चौघडामा खोलिएको सेवाका लागि देवराज राई, खैरेनी शाखाअन्तर्गत रहनेगरी भवानीपुरमा खोलिएको सेवाका लागि राजन अधिकारी र कटारी शाखाअन्तर्गत रहनेगरी बाँकेटारमा खोलिएको सेवाका लागि रामबहादुर कार्कीलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्ने विश्वास बैंकको छ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, डिसहोम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि शाखारहित बैंकिङ सेवा विस्तार गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?