+
+

लामा टेण्डी स्मृति बास्केटबल : टाइम्स, गोल्डेनगेट र पुलिस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १९:३०

३ फागुन, काठमाडौं । राष्ट्रिय टिमका कप्तान सदिश प्रधान सम्मिलत टाइम्स इन्टरनेश्नल क्लबले लामा टेण्डी स्मृति बास्केटबल खुला पुरुष तथा महिला प्रतियोगिताको पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको खेलमा टाइम्सले जेभियर इन्टरनेसनललाई ११७–६४ ले हरायो ।

दोस्रोबाहेक तीन क्वाटरमा टाइम्सले विपक्षीभन्दा दोब्बर बढी अंक जोडेको थियो । टाइम्सले पहिलोमा ३५–१६, तेश्रोमा ३१–१५ र चौथोमा ३८–१३ को अग्रता लियो । दोस्रो क्वाटरमा भने टाइम्स १३–२० ले पछि परेको थियो ।

टाइम्सका विजय बुर्जाले २४ तथा जेभियरका राहुल नायकले १४ स्कोर गरे ।

यस्तै, अर्को प्रतिस्पर्धात्मक अन्तिम खेलमा गोल्डेन गेटले एनसीसीएसमाथि ७७–७४ को रोमाञ्चक जित हात पार्‍यो । गोल्डेनगेटका अभिषेक सिंहले ३२ अंक जोडे । एनसीसीएसका सौगात सिंहले १८ अंक जोडे ।

पहिलो र दोस्रो क्वाटरमा पछि परेको गोल्डेनगेटले तेस्रो क्वाटरमा पुनरागमन गरेको थियो । अन्तिम क्वाटरमा लिएको २६–१७ को अग्रतानै गोल्डेन गेटको जितको आधार बन्यो । पहिलोमा १८–२१ र दोस्रोमा १३–१६ ले पछि परेको गोल्डेनगेट तेश्रोमा २०–२० को बराबरीमा गरेको थियो ।

यस्तै, महिलातर्फ नेपाल पुलिस क्लबले सानदार सुरुवात गरेको छ ।

पुलिसले कीर्तिपुर नगरपालिकालाई ७८–२३ ले सहजै पराजित गर्‍यो । प्रहरीले सुरुवाती ३२ अंक जोड्दा कीर्तिपुर बल्ल खाता खोल्न सफल भएको थियो । चारै क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको पुलिसले क्रमशः २१–०, २४–६, १८–१० र १५–७ अंक जोड्यो ।

पुलिसकी समिक्षा न्यौपानेले ११ अंक जोडिन् । कीर्तिपुरकी झरना वज्राचार्यले १३ स्कोर गरिन् । नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमा १३ र महिलामा ५ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?