
४ फागुन, काठमाडौं । ईमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) ५१ हजार ६७० जनाले १० कित्ताका दरले पाएका छन् । आवेदकहरु मध्येबाट बुधबार गरिएको गोला प्रथामा ५१ हजार ६७० जनाले १० कित्ताका दरले र यसमध्येकै ८ जनाले ११ कित्ताका दरले आईपीओ हात पारेका हुन् ।
कम्पनीको आईपीओमा २३ लाख ३१ हजार २५८ जना आवेदकबाट दुई अर्ब ६४ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ६४ लाख ३० हजार ३३० कित्ता सेयरको लागि आवेदन परेको थियो ।
कुल आवेदक मध्ये २ हजार ५५२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जानकारी दिएको छ । क्यापिटलका अनुसार २३ लाख २८ हजार २०६ जनाको योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजार ९७० कित्ता आईपीओ माग गरिएको थियो ।
५१ हजार ६७० जनाले १० कित्ताको दरले ५ लाख १६ हजार ७०० कित्ता सेयर पाए भने यसरी वितरण गरेर बाँकी रहेको ८ कित्ता यी मध्येकै ८ जनाले थप १/१ कित्ताका दरले सेयर हात पारेका हुन् ।
१०० रूपैयाँ अंकित दरमा पाँच लाख १६ हजार ७०८ कित्ता सेयरका लागि फागुन १ गतेसम्म सर्वसाधरणले आवेदन खुला गरेको थियो । नेपाल सरकारको ०.५ प्रतिशतमात्रै लगानी रहेको यो कम्पनी आफैं लगानी गर्ने कम्पनी हो ।
प्रतिक्रिया 4