५ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा एनआरटीले संकटा क्लबलाई १-० ले पराजित गरेकाे छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि २८ औं मिनेटमा स्टेफेन समिरले गोल गरे ।
जितपछि एनआरटीले संकटालाई अंकतालिकामा समेत पछि पारेकाे छ । एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचाै स्थानमा उक्लेको छ । संकटा ११ खेलबाट १५ अंकसहित छैटाैँ स्थानमा झरेकाे छ ।
प्रतिक्रिया 4