+
+

थापा र न्यौपाने माछापुच्छ्रे बैंकको डेपुटी सीईओमा बढुवा

प्रसिद्धराज अर्याल नायव महाप्रबन्धकमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १६:२३
डेपुटी सीईओमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने ।

५ फागुन, काठमाडौं । माछापुच्छ्रे बैंकले सर्जुकुमार थापा र विश्वम्भर न्यौपानेलाई नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा बढुवा गरेको छ । बैंकका अनुसार थापा र न्यौपाने दुई दशकभन्दा बढी समयदेखि बैंकिङ क्षेत्रमा आबद्ध छन् ।

माछापुच्छ्रे बैंकमा लामो समयसम्म उच्च व्यव्स्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकीय दक्षता भएका थापा बहुबैंकिङ व्य वसाय र न्यौपाने सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् ।

नायव महाप्रबन्धक बढुवा भएका प्रसिद्धराज अर्याल ।

यस्तै बैंकले प्रसिद्धराज अर्याललाई नायव महाप्रबन्धक पदमा बढुवा गरेको छ । नायव महाप्रबन्धक पदमा बढुवा भएका अर्यालसँग पनि करिब दुई दशकदेखि बैंकिङ क्षेत्रमा काम गरेको अनुभव रहेको छ । बैंकका अनुसार अर्यालसँग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?